चुनौतीकै बीच जीवन बीमा क्षेत्र सकारात्मक गतिमा अघि बढ्दैछ : अध्यक्ष पराजुली

२३ माघ २०८२, शुक्रबार १०:२१

काठमाडौं । जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले थुप्रै चुनौतीका बीच पनि नेपाली जीवन बीमा क्षेत्र सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बीमा कम्पनीहरूले समग्र रूपमा राम्रो प्रदर्शन गरिरहेको पराजुलीको दबाी छ । उनले भने, ‘जीवन बीमा कम्पनीले राम्रो प्रदर्शन गरी रहेका छन् । जसले गर्दा आम नागरिकको विश्वास पनि क्रमशः बढ्दै गएको छ।’

पराजुलीले देशमा विभिन्न समयमा घट्ने राजनीतिक, आर्थिक तथा प्राकृतिक घटनाहरूले चुनौती सिर्जना गरे पनि तिनै चुनौतीहरूलाई अवसरका रूपमा उपयोग गर्न सकिने बताए। चुनौतीलाई सही रूपमा व्यवस्थापन गर्न सके जीवन बीमा क्षेत्र अझ सबल र दिगो बन्न सक्ने उनको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*