आज पनि सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

२३ माघ २०८२, शुक्रबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा भईरहेको छ ।

यता, आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य २७० रुपैयाँले घट्दै प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*