फेरि पक्राउ परे दुर्गा प्रसाईं

२३ माघ २०८२, शुक्रबार १३:३७

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । उनलाई काठमाडौँको चाल्नाखेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको परेको हो । निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको जनाईएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*