हिमालयन हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति
२३ माघ २०८२, शुक्रबार १३:३३

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको छ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिएको थियो।
आयोगले आवश्यक छानबिन गरी फागुन २० गते बसेको बैठकले पूर्वस्वीकृति दिने निर्णय गरेको हो। कम्पनीले आयोगबाट स्वीकृति पाएकाले अब नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि निवेदन दिनेछ। बोर्डबाट पनि स्वीकृति पाएपछि बूक क्लोज गरी हकप्रद शेयर निष्काशनमा ल्याउनेछ।












