उदयपुर एक्स्पो-२०८२ मा बीमा प्राधिकरणको उपस्थिति, बीमा सचेतना फैलाउन स्टल सञ्चालन

२३ माघ २०८२, शुक्रबार १५:१६

काठमाडौँ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने ‘उदयपुर एक्स्पो–२०८२’ मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले समेत आफ्नो स्टल राखेको छ ।

कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग, व्यापार : उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पो अवधिभर नेपाल बीमा प्राधिकरणको स्टलमार्फत बीमा सम्बन्धी जानकारी, बीमा सचेतना तथा बीमासँग जोडिएका विविध विषयमा सर्वसाधारणलाई जानकारी प्रदान गरिने प्राधिकरणले जनाएको छ ।

बीमाको महत्व, आवश्यकताका साथै विभिन्न बीमा योजनाबारे प्रत्यक्ष जानकारी लिन चाहने सबैलाई प्राधिकरणको स्टलमा उपस्थित भई बीमाबारे जानकारी लिन अनुरोध गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*