बैतडी बस दुर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारको एक लाख राहत

२३ माघ २०८२, शुक्रबार १६:२३

काठमाडौँ । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीका अनुसार दुर्घटनामा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ दुर्घटनामा परेको थियो। दुर्घटनामा परी १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पतालमा र चार जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*