एआईबाट भ्रामक फोटो बनाइ सामाजिक सञ्जालमा फैलाउनेलाई कारबाही गर्न ब्यूरोलाई पत्राचार

२३ माघ २०८२, शुक्रबार १७:०१

काठमाडौँ । झापा जिल्ला प्रशासन कार्यालयले एआई प्रविधि दुरुपयोग गरी बनाइएको तस्बिर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गर्न साइबर ब्यूरोलाई पत्राचार गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार, बुधबार झापा निर्वाचन क्षेत्र नं. ५, कमल गाउँपालिका वडा नं. २, क्याम्पा बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको घटना घटेको थियो। घरधनी बसोबास गर्ने कोठाको झ्यालको सिसा करिब १२–१५ बजे ढुङ्गाले हानी फुटाइएको थियो। घटना सम्बन्धी जाहेरी परेपछि कारबाही प्रक्रिया अगाडि बढिसकेको छ।

प्रशासनले एआई प्रयोग गरेर बनाइएको तस्बिरले घरमा भएको गम्भीर तोडफोडजस्तो देखाएर आम जनतामा भ्रम फैलाएको र भ्रामक सूचना दिएको दाबी गरेको छ। यसबारे अनुसन्धान गरी सम्बन्धित व्यक्ति वा समूहको पहिचान गरेर कारबाहीका लागि पत्राचार गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*