शेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट राख्न नेप्सेको निर्देशन

२३ माघ २०८२, शुक्रबार १७:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सम्पूर्ण कम्पनी र शेयर रजिष्ट्रारलाई लाभ (लाभांश) वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो ।

नेप्सेले शेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ।

ऋणपत्र वा डिबेञ्चरको हकमा ब्याजदर स्पष्ट खुलाएर मात्र पठाउन निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*