सार्वजनिक कार्यक्रममै घेरिए पुनर्बीमा कम्पनीको सिईओ थापा, पद छाड्न दबाब

२३ माघ २०८२, शुक्रबार १७:४३

काठमाडौं । राजधानीमा आयोजित बीमा सम्बन्धी कन्फ्रेन्स सम्बन्धी सार्वजनिक कार्यक्रममै पुनर्बीमा कम्पनी घेरिएका छन्। पुनर्बीमासम्बन्धी मापदण्डमा बाहिर रहेर काम गरिरहन स्वभाविक रह्न्छ भन्दै उनलाई बीमा कम्पनीका सिईओहरुले प्रश्न सोधेका थिए । पदिय मर्यादामा रहेर काम गर्न नसके पद छाड्न समेत पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई दबाब समेत दिएका थिए ।

पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानी नदिएको गुनासो बोकेर निर्जीवन बीमा कम्पनीहरू नेपाल बीमा प्राधिकरणमा पुगेका थिए । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीहरूबाट बीमा कम्पनीहरूलाई दिनुपर्ने रकम भुक्तानीमा सहजीकरण गरिदिनुपर्यो भनेर ध्यानाकर्षण पत्र बुझाएको थियो । यी समस्याकाबीच पनि पुनर्बीमा कम्पनीका सिईओले बीमा कम्पनीहरुको यस बिषम परिस्थिती नबुझेको भन्दै उक्त सार्वजनिक कार्यक्रममै आक्रेश व्यक्त गरेका छन् ।

बीमक संघका अनुसार दुई पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई २ अर्ब रुपैयाँ जति भुक्तानी दिन बाँकी रहेको छ । जसमध्ये नेपाल रि इन्स्योरेन्सबाट ८२ करोड ८७ लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, हिमालयन रिले मात्रै १ अर्ब १७ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।संघले बारम्बार पुनर्बीमा कम्पनीहरूले बीमा कम्पनीहरूलाई दिनुपर्ने भुक्तानी नदिँदा आफूहरुलाई समस्याहरु भएको बिषयमा कम्पनीदेखि नियामकसम्म ध्यानाकर्षण गराएपनि आज सार्वजनिक कार्यक्रममै बीमा कम्पनीका सिईओहरुले उनलाई यी बिषयमा प्रश्न सोधेर व्याखव्याखी पारेका थिए ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ प्रविणरमण पराजुलीले नेपालको पुनर्बीमा कम्पनी अन्तराष्ट्रिय मापदण्डबाट चलिरहेको छ त भन्दै उनलाई प्रश्न गरेका थिए । उनले भने, बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनी मापदण्ड पूरा गरिरह्दा पुनर्बीमा कम्पनीलेचाँहि अनुसरण गर्न नपर्ने हो, व्यवसायिकतामा कम्पनी पछि परेको स्वीकार गर्न पर्छ वा पर्दैन । अहिले भईरहेको दाबी भुक्तानीको समस्यालाई समाधान कसरी गर्ने सोच कम्पनीले बनाएको छ भन्ने बिषयमा संघका अध्यक्ष पराजुलीले थापालाई प्रश्न गरेका थिए । जसमा उनले समस्या पुनर्बीमा कम्पनीमा निकै जटिल रहेको समाधानको लागि सोचिरहेको भन्ने उत्तर दिएर पन्छिएका थिए । त्यस्तै, कार्यक्रममा सहभागी बीमा कम्पनीका सिईओहरुले पछिल्लो समय पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा दिएको दुखदेखि पुनर्बीमा कम्पनीमा नियामकले बनाएको बाध्यतकारी नियम फुकुवा गनुपर्ने बिषयमा सिईओ थापालाई उजागर गरेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*