लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
२५ माघ २०८२, आईतवार १४:२७

काठमाडौँ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो ।
इच्छुकले फागुन १५, २०८२ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इमेलबाट आवेदन दिन सकिने छ ।













