बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा तीन जना पक्राउ

२५ माघ २०८२, आईतवार १५:४३

काठमाडौं । बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट स्थायी ठेगाना भई बासवारी बस्ने ४२ वर्षिय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६ पड्कु घर भई हाल काठमाडौँ ३१ गैरिगाँउ बस्ने ४६ वर्षिय खिम बहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ स्थायी वतन भई हाल धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला बस्ने ४५ वर्षिय संजय श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*