निरन्तर उकालो लाग्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?

२६ माघ २०८२, सोमबार १०:५५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँमा भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २४० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*