बीमा प्राधिकरणमा ६ महिनामा ७१ वटा बीमा विवादका मुद्दा दर्ता, ४९ वटा भए फछ्र्यौट

२६ माघ २०८२, सोमबार १२:२२

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ ।

बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल ७१ वटा मुद्दा दर्ता भएका छन् । समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा ५० वटा र प्रदेश कार्यालयमा २१ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४सहित कुल ४६५ वटा मुद्दा रहेका छन् ।

नेपाल बीमा प्राधिकरणले पुष मसान्तसम्मको अवधिमा ३३ वटा मुद्दामा फैसला सुनाएको छ भने ४६ वटा मुद्दामा सहमति गराएको छ । गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा कमि आएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा १३१ वटा उजुरी फछर्यौट गरेको थियो ।

स्रोतः नेपाल बीमा प्राधिकरण, बीमा प्रतिबिम्ब

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको तथ्यांक अनुसार कुल ४१६ वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको तुलनामा बाँकी रहेका उजुरीको संख्या पनि बढेको छ ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति बिबाद र वर्षदिनमै ६ वटा अध्यक्षहरुको आगमनले दैनिक लगायत न्यायिक विषय पनि प्रभावित बन्न पुगेको छ । बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका सयौं उजुरीहरुको फछर्यौट गर्नको लागि इजलास समेत सञ्चालन गरेको छ ।

निकै लामो समयसम्म बीमा प्राधिकरणमा सञ्चालकहरुको कोरम नपुग्दा समेत कार्यसम्पादन तथा विभिन्न विषयमा निर्णय गर्नुपर्ने कुराहरु प्रभावित बनेका थिए । हाल बीमा प्राधिकरणले इतिहासमै पहिलो महिला अध्यक्षको रुपमा पटक चन्द्रकला पौडेललाई पाएको छ । यो सँगै अन्य सञ्चालकहरु समेतले नियुक्ति पाउँदा कोरम पुगेसँगै न्यायिक तथा निर्णायक विषयहरुमा चाँडो टुङ्गो लाग्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*