शेयर बजारमा हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, के होला कारण?
२६ माघ २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा विभिन्न सेक्टरका ३२४ वटा कम्पनीहरुको दुई करोड ६७ लाख ६६ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार रिडी पावर कम्पनीको ७७ करोड १९ लाख रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ । साथै, एसवाई प्यानलको ५४ करोड चार लाख रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको ४८ करोड ४३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
सरकारको प्राथमिकतामा पनि पर्दै आएको र हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरणमा आइरहेको सुधारले कारोबार उच्च भइरहेको लगानीकर्ताहरुले आंकलन गरेका छन् ।













