खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
२६ माघ २०८२, सोमबार १५:१९

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को बिन्दुमा कायम भएको छ ।
सोमबार विभिन्न सेक्टरका ४२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रिडि पावर कम्पनीको ९.११ प्रतिशत, लिबर्टी इनर्जी कम्पनीको ७.८४ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको ५.९० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













