जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थप गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

२६ माघ २०८२, सोमबार १८:०८

काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानविनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि थप २५ दिन बढाउने निर्णय गरेको हो। यसअघि दोस्रो पटक थप गरिएको आयोगको म्याद माघ २८ गते बुधबार सकिँदैछ।

नेपाल सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगलाई पुनः २५ दिनको समय थप गरिएको हो। उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*