बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक

२८ माघ २०८२, बुधबार ११:००

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने जनाएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी १५ चैतमा गरिनेछ।

निक्षेप संकलन उपकरणको यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*