अन्नप्राशनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय न्वारन, अन्नप्राशन, व्रतबन्ध, विवाह, वर्षगाँठ जस्ता संस्कारगत कार्यक्रममा भौतिक वस्तु वा नगद उपहारभन्दा पनि दीर्घकालीन सुरक्षा र भविष्य सुनिश्चित गर्ने किसिमका उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गइरहेको छ।
यसैको थप एक उदाहरण स्वरूप बाबु सरद कुमार काफ्ले र आमा बिमला पाण्डेयले आफ्नो छोरो आयुष्मान काफ्लेको अन्नप्राशनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी उपहारको रूपमा दिएका छन्।
सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर शिव प्रसाद भट्टराईको पहलमा आयुष्मानको नाममा जीवन बीमा योजना प्रदान गरिएको हो। बालबालिकाको भविष्य सुरक्षित बनाउने उद्देश्यले अन्नप्राशन जस्तो शुभ अवसरमा बीमा उपहार स्वरूप प्रदान गरिएको यस कार्यलाई उपस्थित अतिथिहरूले सकारात्मक र उदाहरणीय कदमका रूपमा प्रशंसा गरेका थिए।












