नेप्सेद्वारा धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली सार्वजनिक, कुन–कुन परे ?

२८ माघ २०८२, बुधबार १४:२४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेप्सेले ११० कारोबार योग्य कम्पनीहरु नाम प्रकाशन गरेको हो ।

कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक, २ वटा फाइनान्स, २२ वटा लघुवित्त संस्था कारोबार योग्य सूचीमा परेका छन् । बीमा कम्पनी तर्फ १० वटा जीवन बीमा र ११ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

यता, ६ वटा लगानी समूह, २ वटा उत्पादन समूह, २४ वटा जलविद्युत र २ वटा अन्य समूहका कम्पनी रहेका छन्।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम मापदण्ड पुरा गरेका तपसिल बमोजिमका कारोबार योग्य कम्पनीहरु दफा ३ (३) बमोजिम अद्यावधिक गरी सोही कार्यविधिको दफा ३ (१) मा रहेको व्यवस्था बमोजिम नेप्सेले उक्त नामावली सार्वजनिक गरेको हो ।

c0699e3d57114311dc167a9904939e94

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*