स्थानियका लागि निष्कासन गरेको पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

२८ माघ २०८२, बुधबार १८:०७

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि बिक्री खुला गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट पुस ९ गते अनुमति पाएको थियो। अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो।

वैदेशिक रोजगारेका लागि खुला गरेको आईपीओ बाँडफाँड समेत भइसकेको थियो भने स्थानियका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*