सर्वोत्तम सिमेन्टको मुनाफा ५३ करोड ८३ लाख, अधिकांश सूचकमा उल्लेख्य सुधार

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफासहितका अधिकांश सूचकमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २४ करोड १४ लाख ५ हजार रुपैयाँमा सीमित थियो ।
कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ८ करोड २५ लाख रुपैयाँको बिक्री आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २.५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको बिक्री आम्दानी ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको अन्य आम्दानी सुधार देखिएको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा ७ करोड १८ लाख रुपैयाँ रहेको अन्य आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा कम्पनीको कुल खर्च ५२ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ४१ करोड ७६ लाख रुपैयाँ थियो ।
कम्पनीको चुक्तापूँजी ५ अर्ब २२ करोड रुपैयाँ, रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित, कुल चालु सम्पत्ति ५ अर्ब ४७ करोड रुपैयाँ र कुल चालु दायित्व ५ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस)२०.६१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९९.४३ रुपैयाँ रहेको छ ।












