१३९ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कसको कति रुपैयाँले बढ्यो ?
२९ माघ २०८२, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका १३९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै रशुवागढी हाइड्रोपावरको ९.८८ प्रतिशत, खानीखोला हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ













