बेनी हाईड्रोपावरले आईपीओ निष्कासनको पायो अनुमति
२९ माघ २०८२, बिहीबार १७:०४

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले बोर्डबाट माघ २९ गते अनुमति पाएको हो ।
अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।












