यस्तो छ आज फलफूल र तरकारीको मूल्य

१ फाल्गुन २०८२, शुक्रबार ०७:४३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा २६ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली २८ रुपैयाँ, सेतो लोकल मुला २४ रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ५५ रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, बरेला र इस्कुस ७० रुपैयाँ, रायोको साग ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*