सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल–एलआईसी र नेशनलमा कसको वित्तीय चित्र कस्तो ?

१ फाल्गुन २०८२, शुक्रबार ११:२२

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् ।

नेपाली बीमा क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं मानिसहरुले जीवन बीमा गरेर आफ्नो जीवन रक्षावरणको जिम्मा लगाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारीएको,

चुक्ता पुँजी
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी नौ अर्ब ४८ करोड दुई लाख रुपैयाँ रहेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ६९ करोड १६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, तेस्रोमा रहेको एलआइसी नेपालको चुक्ता पूँजी पाँच अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा यस कम्पनीले हकप्रद शेयर निष्काशन गरी नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याएको हो ।

जीवन बीमा कोष
समीक्षा अवधिमा उल्लेखित कम्पनीहरुलाई जीवन बीमा कोषको आधारमा दाजेर हेर्दा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले जीवन बीमा कोषमा दुई खर्ब ५५ अर्ब नौ करोड ६६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ ।

दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको जीवन बीमा कोषमा एक खर्ब ३९ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रकम संचिती रहेको छ । त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोषमा ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

रिटर्न अर्निङ
तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा रिटर्न अर्निङमा एलआइसी नेपाल सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा उक्त कोषमा दुई अर्ब ४९ करोड ४२ लाख रुपैयाँ संचित गरेको छ । दोस्रो नम्बरमा रहेको नेपाल लाइफको उक्त कोषमा ६७ करोड ७६ लाख रुपैयाँ र नेशनल लाइफको ४० करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

खुद बीमा शुल्क आर्जन
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा खुद बीमा शुल्क आर्जनको आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा २५ अर्ब ५३ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १० अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

खुद नाफा
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुको मुनाफामा वृद्धि भएको् छ । यस अवधिमा खुद नाफाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफको मुनाफा २८ करोड ६८ लाख रुपैयाँ र एलआइसी नेपालको मुनाफा २२ करोड ४५ लाख आर्जन गरेको छ । यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल खर्च
समीक्षा अवधिमा खुल खर्चमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । विभिन्न शिर्षकमा कम्पनीले यस अवधिमा ३३ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले १४ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ कुल खर्च गरेका छन् ।

प्रति शेयर आम्दानी
प्रति शेयर आम्दानीको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा नेशनल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ । दास्रोमा रहेको एलआइसी नेपालको ८.१७ रुपैयाँ र तेस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ७.११ प्रतिशतले बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*