कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौँ आउदै पूर्वराजा ज्ञानेन्द्र शाह

१ फाल्गुन २०८२, शुक्रबार १२:४७

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन्। यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने तयारी भए पनि मौसम प्रतिकूल भएका कारण उडान ढिलाइ हुने देखिएपछि उनले हेलिकप्टर प्रयोग गरेका हुन्।

शाह शुक्रबार मध्यान्ह १२ बजे झापाबाट कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौँतर्फ उडेका हुन्। उनी करिब १ घण्टा १० मिनेटको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

यसअघि बुद्ध एयरको विमानमार्फत यात्रा गर्ने भनिए पनि मौसमका कारण जहाज समयमै उड्न नसक्ने भएपछि अन्तिम समयमा हेलिकप्टरमार्फत प्रस्थान गरिएको सुरक्षा निकायले जनाएको छ।

शुक्रबार काठमाडौँ आगमनका क्रममा राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्वागतको तयारी गरिरहेका छन्। सम्भावित प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गर्दै प्रहरीले विमानस्थल तथा आसपासका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।

तस्बिरः deshsanchar

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*