बालेनलाई प्रश्न, ‘नागरिकलाई दमन गर्दै बनिरहेको पाथीभरा केबुलकारको पक्ष कि विपक्षमा ?’

१ फाल्गुन २०८२, शुक्रबार १३:१६

काठमाडौँ । किराँत समुदायको पहिचान, आस्था र अस्तित्वसँग गाँसिएको मुक्कुम्लुङ अर्थात् पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकार परियोजनाको विरोध महिनौ देखि चलिरहेको छ । स्थानीयको चर्को विरोधका बिच सर्वसाधारणको आवाजलाई दमन गर्दै निर्माण कम्पनीले सुरक्षाकर्मी नै खटाएर केबुलकार निर्माण अघि बढाइरहेको हो ।

स्थानीयहरूको चरणबद्ध आन्दोलन चलिरहेको छ । सोहीबिच माघ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पाथीभरामा दर्शनमा गएका थिए । पार्टीले भावी प्रधानमन्त्री रूपमा समेत अघि बढाएका बालेन शाहलाई कोसी प्रदेश चुनावी अभियानका क्रममा एक स्थानीयले पाथीभरामा केबुलकार बारे तपाईँको मत के हो भनेर प्रश्न गरेका छन् ।

स्थानीयले बालेनलाई प्रश्न गर्दै भने, ‘पाथीभरामा केबुलकार बनाउने भन्दै नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकारले स्थानीयको मर्म भावना विपरीत कसैको धार्मिक सम्पदामाथि आक्रमण गरिरहेको छ । तपाईँको पार्टीले बहुमत ल्याएर सरकार बनायो भने तपाई पक्ष कि विपक्ष ?’

सो पश्चात् बालेनले आफू मन्दिर पूजा गर्ने गएको हुँदा केबुलकारको स्टेसनमा समेत जान नपाएको तर्क राख्छन् ।

फेरी स्थानीयले प्रश्न गर्छन् ‘त्यहाँ स्थानीयहरूले केबलकार बन्नु हुँदैन कसैको सम्पदा माथि गर्नु हुँदैन भनी रहेका छन् तर नेकपा एमाले र काँग्रेस नेतृत्वमा रहेको सरकारले जबरजस्ती जनतालाई दमन गरेर केबुलकार बनाइरहेको छ’

त्यसपछि बालेनले आफू सो विषयमा बुझ्ने तर्क राख्छन् । आफू अनविज्ञ रहेको सङ्केत दिँदै उनले भने भने, ‘त्यो बारे बुझौला’ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*