पूर्वराजा शाह काठमाडौं आगमन: विमानस्थल वरपर कडा सुरक्षा, समर्थकहरू नाराबाजीमा

१ फाल्गुन २०८२, शुक्रबार १३:३३

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनको तयारीका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था तनावपूर्ण बनेको छ। विमानस्थल गेट अगाडि राजावादी समर्थकहरूले ठूलो संख्यामा भेला भएर नाराबाजी गरिरहेका छन्। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश’ जस्ता नाराहरू लगाउँदै आगमनको स्वागत गर्दैछन्।

स्थानीय प्रशासनले विमानस्थल वरपर निषेधाज्ञा लागू गरेको छ। यसबीच, विमानस्थलमा यात्रुहरू समस्या भोगिरहेका छन्। समर्थकहरूको उपस्थिति बढेसँगै यात्रुहरू आफ्नो सामान लिएर हतारमा प्रवेश गर्न बाध्य भएका छन्।

विमानस्थलमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समेत उपस्थित भएका छन्। उनले समर्थकहरूलाई बाहिर राख्दै विमानस्थल भित्र प्रवेश गरेका छन्। यसअघि पूर्वराजालाई लिएर विमानस्थलभित्र प्रवेश गर्ने तयारी गरिएको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका छन्। उनको निर्मल निवाससम्मको यात्रा कडा सुरक्षा व्यवस्था र प्रहरी परिचालनसँगै सुनिश्चित गरिएको छ। काठमाडौंका प्रमुख चोक–चोकमा पनि सुरक्षाकर्मी तैनाथ छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*