नेपालका लागि चिनियाँ नयाँ राजदूत काठमाडौं आईपुगे, कार्यभार सम्हाल्दै
१ फाल्गुन २०८२, शुक्रबार १४:२३

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ आज काठमाडौं आइपुगेका छन्।
एअर चाइनाको सिए ४३७ उडानमार्फत उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चाङ माओमिङलाई जनवरी महिनाको सुरुमै राजदूत नियुक्त गरिएको थियो। नेपाल प्रवेशलगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
चाङ नेपाली राजनीतिक र कूटनीतिक परिवेशमा परिचित अधिकारी हुन्। उनी नेपालका आन्तरिक तथा बाह्य मामिलामा जानकारी राख्ने अनुभवसम्पन्न कूटनीतिज्ञका रूपमा चिनिएका छन्।












