बंगलादेशमा जेनजीको सर्वनाक हार, नेपालका रविहरुको हालत के होला ?

१ फाल्गुन २०८२, शुक्रबार १६:१६

काठमाडौं । छिमेकी मुलुक (१५ किमी टाढा) तथा मित्र राष्ट्र बंगलादेशमा जेनजी आन्दोलनबाट दुई तिहाई बहुमतको सरकार ढालेपछि भएको संसदीय निर्वाचनमा आन्दोलनकारीहरुले सर्वनाक हार व्यहोरेका छन् । निर्वाचनमा कुनै एजेण्डा भन्दा पनि नयाँ फेस अनुहार र प्रधानमन्त्री र मन्त्री बन्ने एजेण्डा लिएर अघि बढेका उनीहरुको सर्वनाक हार भएको हो ।

बंगलादेशको निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरेको छैन । तर, हालसम्म प्राप्त नतिजा अनुसार कूल २९९ निर्वाचन क्षेत्र मध्ये पुराना दल बंगलादेश नेशनल पार्टीले २१३ स्थानमा जित हासिल गरेको छ । त्यस्तै, बंगलादेश जमात इस्लामी एलायन्सले ७६ सिट जित्न सफल भएको छ । नयाँ जेन्जी पुस्ताले जम्मा ६ सिटमा मात्रै बिजयी हासिल गरेका छन् । आन्दोलनकारी जेनजी पुस्ताका युवाहरुले छ सिट मात्रै जितेपछि व्यापक विरोध र निर्वाचनमा धाँधली भएको भन्दै सामाजिक सञ्जालहरु रंगिएका छन् ।

बंगलादेशको निर्वाचनमा उम्मेदवार बनेका सामाजिक संजालका सुपर हिरो हिरोईनहरुको सर्वनाक हार भएको हो । फेसबुकमा ७५ लाख फलोअर्स भएकी तास्निम जारा बंगलादेशको राजधानी ढाका क्षेत्र नम्बर ९ बाट उठेकी थिईन । निर्वाचनमा उनी तेस्रो स्थानमा रहँदै पराजित भइन् । जाराले जम्मा ४४ हजार ६ सय ८४ मत प्राप्त गरेकी थिइन् भने विजयी उम्मेदवार हबिबुर रसिदले १ लाख ११ हजार २ सय १२ मत ल्याएर पहिलो बनेका छन् ।

Tarique Rahman will become the country’s prime minister. (Reuters: Mohammad Ponir Hossain)

 

बिएनपीले दुई तिहाई सिट जितेको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा कूल २९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २१३ क्षेत्रमा बीएनपीको जीत भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अब बंगलादेशमा बिएनपीका अध्यक्ष तरिक रहमान प्रधानमन्त्री हुनेछन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन् ।

डेढ वर्षअघि बंगलादेशमा नेपालमा जस्तै भिषण आन्दोलन भएको थियो । पुराना दलका नेताहरुले नेपालमा कांग्रेस एमाले र माओवादीले झै देश लुटेर खाएको झोकमा लाखौं युवाहरु सडकमा आएर विरोध मात्रै गरेनन्, मन्त्री प्रधानमन्त्री र राष्ट्रपति नै देश छोडेर भाग्नुपर्ने अवस्था आएको थियो । नेपालमा सोही प्रकृतिको आन्दोलन दोहोरिएको हो । निर्वाचनको समय केही पर पुग्दा त्यहाँका प्रख्यात र क्रान्तिकारी मानिएका जेनजी युवाहरुलाई बंगलादेशी जनताले पत्याउन सकेनन् र परिणामतः पुरानै संसदवादी दलले निर्वाचनमा बहुमत ल्याएको छ ।

अब प्रश्न उठेको छ, कतै नेपालमा पनि त्यस्तै हुने त होइन । नयाँ भनिएका दलहरुभित्रका उम्मेदवार र नेताहरुको चरित्र, व्यवहारका कारण लोकप्रियता घट्ने क्रममा रहेका कारण फागुन २१ गतेसम्म पुग्दा अवस्था के हुन्छ अहिले नै भन्न नसक्ने देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*