अमेरिकी सैनिक कमाण्डर फर्किए, के के भयो छलफल ?

२ फाल्गुन २०८२, शनिबार १७:२७

काठमाडौं । तीन दिन अघि चार वटा ईन्जिन भएको सैनिक जहाजमार्फत काठमाडौंमा उत्रिएका अमेरिकी सैनिक कमाण्डर आज काठमाडौंबाट फर्किएका छन् ।

अमेरिकाले भारत, बंगलादेशसहित नेपाललाई जोडेर लागू गर्न लागेको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल स्यामुएल पापारो नेपालको तीन दिने भ्रमण सकाएर आज अपरान्ह १४ः३० बजे काठमाडौंबाट नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकी सैनिक टोलीले परराष्ट्र मन्त्री बालान्द शर्मा, नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देलसँग बिशेष भेटवार्ता गरेको थियो । त्यस्तै, अमेरिकी सेनाका कमाण्डरले काठमाडौंको नक्सालस्थित मेरियट होटलमा गोप्य रुपमा केही नेताहरुसँग भेटवार्ता गरेको जनाइएको छ । यद्यपि राजिनीतिक भेटवार्ता गरेको बिषय स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन । ति विदेशी सैनिक कमाण्डरले रास्वपा र नेपाली कांग्रेसका केही नेताहरुसँग बिशेष भेटवार्ता गरेको विशेष स्रोतले जनाएको छ ।

नेपाल भ्रमणको क्रममा अमेरिकी सैनिक कमाण्डरले काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको नेपाली सेनाको तालिम केन्द्र भ्रमण गरेका थिए ।

१४ जनाको विशेष टोलीसहित अस्ति राति सिंगापुर हुँदै काठमाडौं आइपुगेका उनी आज पाँचखालस्थित नेपाली सेनाको तालिम केन्द्र अवलोकनमा गए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*