बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
३ फाल्गुन २०८२, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला चार हजार ९८५ रुपैयाँ कायम भएको छ ।












