सूर्यकुण्ड हाईड्रको नाफा बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था

३ फाल्गुन २०८२, आईतवार ११:०२

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ४८ हजारबाट बढेर ५२ लाख ६८ हजार पुगेको छ । यस्तै ह्रासकट्टी खर्च पनि ८ लाख ७२ हजारबाट बढेर ४ करोड ७६ लाख पुगेको छ ।

कम्पनीको वित्त खर्च ६ करोड ८४ लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.७८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९४.९१ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*