जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.७१, आइएमई र रिलायबलको जोखिम धारणा क्षमता उच्च

३ फाल्गुन २०८२, आईतवार १२:४५

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.७१ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले घट्न पुगेको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.२८ रहेकोमा यस वर्ष सामान्य बृद्धि भएको हो ।

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनी मध्ये आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । सोल्भेन्सी रेसियो बढी भएका कम्पनीहरुलाई सुरक्षित कम्पनीको रुपमा रहेका हुन्छन् ।
समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो २.५९ रहेको छ । सोल्भेन्सी रेसियोले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई देशकै सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापित गरेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो २.५४ रहेको छ । कम्पनीको चालु आवमा सोल्भेन्सी रेसियो गत आवको तुलनामा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सोल्भेन्सी रेसियो अनुपात १.८४ रहेको थियो ।

त्यस्तै तेस्रो उत्कृष्ट कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो २.४३ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो २.३३ बाट सामान्य अंकले बृद्धि भएको छ । अर्को उत्कृष्ट कम्पनीमा मेट लाइफ नेपाल रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो २.०८ रहेको छ । समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २.१९ वाट घटेर १.९१ रहेको छ । साथै सिटिजन लाइफ इन्स्योरेन्सको १.७३ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको १.६६ रहेको छ । सुर्यज्योति लाइफको सोल्भेन्सी रेसियो २.४७ बाट १.६५ मा झरेको छ ।

त्यस्तै एलआइसी नेपालको सोल्भन्सी रेसियो अनुपात १.६१, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो १.५७ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो १.५४ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत बर्षको तुलनामा सामान्य अंकले बृद्धि भएको छ । एशियन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.२१ बाट १.३३ मा झरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात ३.७४ बाट १.३२ मा झरेको छ ।

सोल्भेन्सी रेसियो कम हुने कम्पनीको जोखिम धारण क्षमता कम हुन्छ । राष्ट्रिय जीवन बीमा कम्पनीले लामो समयदेखि अडिट नगरेको कारण उल्लेख गरेको छैन् । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

चालु आर्थिक वर्ष २०८२–०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको औसत सोल्भेन्सी रेसीयो १.७१ रहेको छ । नियामक बीमा प्राधिकरणले चुक्ता पुँजि बृद्धि गर्ने निर्णयको प्रभाव जीवन बीमा क्षेत्रमा परेसँगै सोल्भेन्सी रेसियो उच्च बृद्धि भएको देखिएको हो । जति सोल्भेन्सी राम्रो, कम्पनी उति राम्रो छ भन्ने हुन्छ । सोल्भेन्सी रेसियो बढि भएको कम्पनी राम्रो मानिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*