दिपेन्द्रको उत्कृष्ट प्रदर्शनले नेपालले दियो वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

३ फाल्गुन २०८२, आईतवार १३:०४

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी छ। मुम्बईस्थित वानखेडे मैदानमा भइरहेको प्रतिस्पर्धामा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस गुमाएर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पूरा गरे। उनले ४७ बलमा ५८ रन बनाउँदै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए। टी–२० विश्वकपमा अर्धशतक बनाउने उनी नेपालका दोस्रो खेलाडी बनेका छन्।

यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानमध्ये लोकेश बमले १३, आसिफ शेखले ११, गुलशन झाले ११ रन जोडे भने रोहित पौडेल, आरिफ शेख र कुशल भुर्तेल सस्तैमा आउट भए।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए। साथै अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले समान एक–एक विकेट हात पारे।

यो खेल दुवै टोलीका लागि निर्णायक मानिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*