ग्लोबल आईएमई बैंकको कोर बैंकिङ सफ्टवयरमा त्रुटी, चुक्ता भइसकेको कर्जा ब्यूताउँन सकिने

३ फाल्गुन २०८२, आईतवार २१:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त ग्लोबल आईएमई बैंकको कोर बैंकिङ सफ्टवयरमा गम्भिर त्रुटी मात्रै देखिएको छैन उक्त बैंकबाट ऋण लिएका ऋणीहरुले सचेततापूर्वक आफूले पनि हिसाब किताब हेर्नुपर्ने भएको छ ।

बीमापोष्टलाई प्राप्त उच्च स्तरीय स्रोतका अनुसार ग्लोबल आईएमई बैंकको कोर बैंकिङ सफ्टवयरमा गम्भिर समस्या देखिएको छ । ग्लोबल आईएमई बैंकको ऋणलाई चुक्ता भइसकेपछि पनि पुनः पुरानो मिति राखेर कायम गर्न सकिने लुपहोल राखिएको भेटिएको हो ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरुले सुपरिवेक्षणको क्रममा सेटिङमा गुपचुप राखिएको सो बिषय हालै आईएमएफको टोली गरेको अडिटको क्रममा पत्ता लागेर कारवाहीको लागि केन्द्रीय बैंकलाई सिफारिस गरेको थियो । सो बिषयलाई नेपाल राष्ट्र बैंकले अहिले आएर मात्रै कारवाही गर्दै उक्त त्रुटी सच्याउन भनिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका १० वटा ठूला बाणिज्य बैंकहरु स्वतन्त्र अडिट कम्पनीमार्फत अडिट गर्न निर्देशन दिएको थियो । सो निर्देशन पालना गर्न नेपालका बैंकहरुले ठूलो सेटिङ हानेर पछिल्लो दुई दशकदेखि रोकेर राखेका थिए । अन्ततः चालु आर्थिक वर्षमा उक्त अडिट प्रक्रिया जबरजस्ती अघि बढाइएको थियो । जेनजी आन्दोलनपछि सेटिङकर्ताहरु समेत डराउँदै उक्त प्रक्रियामा सहभागी भए । बंगलादेशको हउलदार युनुस एण्ड चार्टर्ड एकाउन्टेन्स् नामक संस्थाले नेपाल राष्ट्र बैंकसँग मिलेर नेपालका ठूला १० वटा बैंकको अडिट गरेको थियो । सो क्रममा ग्लोबल आईएमई बैंकमा धेरै त्रुटी भेटिएको छ ।

सो क्रममा ग्लोबल आईएमई बैंकका कैयौं त्रुटीहरु भेटिएको थियो । सो मध्येको एक हो कोर बैंकिङ सफ्टवयरमा सेटिङ पनि हो । बैंकका यसअघिका सिईओ रत्नराज बज्राचार्यको पालादेखि कोर बैंकिङ सफ्टवयरमा सेटिङ गरेको थियो । त्यसैकारण बज्राचार्य केही समय बैंक छोडेर बाहिर बसेपछि पुनः तेस्रो कार्यकालका लागि २०७७ सालदेखि गत साउनसम्म बैंकको सिईओमा फर्केका थिए ।

साउन १० गतेको निर्णय अनुसार २०८१ साल भदौं १ गतेदेखि सिईओमा नियुक्त भएका सुरेन्द्रराज रेग्मीले पनि बज्राचार्यकै पथमा अघि बढेर कोर बैंकिङ सफ्टवयरमा सेटिङ जारी नै राखेको पाइएको छ । ग्लोबल आइएमई बैंकले आफ्नो कोर बैंकिङ सफ्टवयरमा ऋणीहरुले चुक्ता गरिसकेको ऋणलाई पुरानै मितिमा पुनः बाँकी रहेको देखाउन सकिने व्यवस्था गरिएको पाइएको छ । बैंकले त्यसो गरेर के कति हिसाब किताब गोलमाल गरेको छ भनेर केन्द्रीय बैंकले छानविन गरेको छैन । मात्रै कोर बैंकिङ सफ्टवयरको समस्या पत्ता लगाएर सिईओ सुरेन्द्रराज रेग्मीलाई सामान्य कारवाही गरेर राष्ट्र बैंकका उच्च अधिकारीहरुले अपराधबाट उन्मुक्ति दिने प्रयास गरेका छन् ।

केही समयअघि बीमापोष्टले सिईओ रेग्मीसँग ग्लोबल आइएमई बैंकको सफ्टवयरबारे जिज्ञाशा समेत राखेको थियो । सो क्रममा सिईओ रेग्मीले आफ्नो बैंकको सफ्टवयर अन्तर्राष्ट्रिय स्तरको भएकोले वल्र्ड बैंक र आईएमएफको बार्षिक बैठकमा पुरस्कृत गरिएको दावी गरेका थिए । तर, केन्द्रीय बैंकले ग्लोबल आईएमई बैंक कैयौं त्रुटीहरुमाथि सेटिङमा आँखा चिम्लदै आएको छ । घुस र पैसा अनि थाईल्याण्ड यात्रा भन्ने वित्तिकै भुतुक्कै हुने राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुका कारण बैंकबाट सर्वसाधारणले अनावश्यक सास्ती पाउँदै आएका छन् ।

उता, ऋणीले ऋण चुक्ता गरिसकेको अवस्थामा पनि पुरानो भ्यालु डेट राखेर पुनः ऋण बक्यौता देखाउन सकिने व्यवस्था ग्लोबल आईएमई बैंकको कोर बैंकिङ सफ्टवयरमा देखिएपछि सो बैंकबाट कर्जा लिएका ऋणीहरुले आफूले तिरेको ऋणको राम्ररी अडिट गर्नुपर्ने भएको छ । साथै सो बैंकबाट कर्जा लिन सचेतता अपनाउनुपर्ने देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*