दलहरूले आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाउने

४ फाल्गुन २०८२, सोमबार ०७:०३

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आजदेखि दलहरूले औपचारिक रूपमा आफ्नो प्रचार प्रसार गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार दलहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म (जम्मा १५ दिन) निर्वाचन प्रचार प्रसार गर्न पाउनेछन्। दलहरूलाई आजदेखि जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चारमाध्यममा आफ्नो निर्वाचन सामग्री प्रकाशन तथा प्रसारण गर्न खुला गरिएको छ। यसअघि दलहरूले ठूलो कार्यक्रम गर्न खोज्दा निर्वाचन आयोगले रोकेको थियो।

राजनीतिक दलहरूले घरदैलो कार्यक्रम वा प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहिताको उल्लंघन गरेमा कारवाही गरिने आयोगले चेतावनि पनि दिएको छ। आचारसंहिता उल्लंघनमा शून्य सहनशीलता अपनाइने पनि आयोगले स्पष्ट पारेको छ। उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने, सचेन गर्नेदेखि दण्डजरिवाना तथा उम्मेदवारी खारेजसम्म गर्न सक्नेछ।

आजदेखि दलहरूले पत्रपत्रिका वा अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्। निर्वाचन प्रचारप्रसारमा लागेको सम्पूर्ण खर्चको विवरण निर्वाचन कार्यालमा पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*