सबैभन्दा कम खर्चमा चुनाव प्रचार–प्रसार गर्छुः स्वागत नेपाल

४ फाल्गुन २०८२, सोमबार ०९:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उठेका स्वागत नेपालले आफूले सबैभन्दा कम खर्चमा चुनाव प्रचार प्रसार गर्ने बताएका छन्। आजदेखि औपचारिक रूपमा प्रचार प्रसारका लागि निर्वाचन आयोगले अनुमति दिएसँगै फागुन १८ गते रातको १२ बजेसम्म प्रचारप्रसार गर्न सकिने भएको छ।

उनले एक भिडियो सन्देश जारी गर्दै “मेरो निर्वाचन प्रचार प्रसार अत्यन्त साधारण, सम्भव भएसम्म खर्चै नगरीकन शान्तिपूर्ण रूपमा अरूले हेर्दाखेरी यस्तो पनि प्रचार प्रसार हुन्छ र? भन्ने गरी साधारण ढंगले सम्भव भएसम्म घरघरका अगाडि अगाडिसम्म पुगेर र सम्भव नभए सामान्य साउण्ड सिस्टमबाट आफ्ना कुराहरू भन्दै म हिंड्नेछु। सबै दलहरूबाट, सबै स्वतन्त्र उम्मेदवारहरू समेतबाट हाम्रो नेपालीहरूका लागि जस्तो खर्चमा चुनाव प्रचार प्रसार गरिनु पर्ने हो त्यसरी नै साधारण ढंगले सबैबाट हुन सकोस्” उलने भने।

“स्वच्छ, शान्तिपूर्ण र लोकतान्त्रिक संवादका साथ अगाडि बढ्न सकोस् सबैलाई शुभकामना र सम्पूर्ण आम नागरिकहरूलाई अत्यन्त विचार गरेर मात्रै मतदान गर्न आग्रह गर्छु। नेपालमा अभिभावकको रूपमा राजसंस्था हुनुपर्छ, देश दलहरूले नै चलाउन् केही फरक परेन।”

हिन्दू, बौद्ध, किराँत धर्मराज्य सर्वधर्म समभाव सहितको हुनुपर्छ भन्ने लाग्छ र यो ५४ प्रतिशतको हाराहारीमा हाम्रो महंगाई र खर्च बढाउने संघीयता होइन १४ अञ्चल ७५ जिल्लाको संघीयता जहाँ जनताको करबाट उठेको रकमले तलबभत्ता खाने जनप्रतिनिधि नहुने, सेवा प्रदायक निकायको रूपमा प्रदेश रहने प्रकारको संघीयता होस्।” उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*