रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा डुबे लगानीकर्ता, ८२० मा किनेको शेयर ३०० मा बिक्री

४ फाल्गुन २०८२, सोमबार १२:०५

काठमाडौँ । ‘सेटिङ’मार्फत आईपीओ निष्कासन गरिएको गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा लगानी गरेका सर्वसाधारण लगानीकर्ता घाटामा परेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको उच्च मूल्यमा आईपीओ भरेका लगानीकर्ताले शेयर अहिले प्रतिकित्ता ३०० मा नै शेयर बिक्री तिर लागेका हुन् ।

कम्पनीको ११ लाख ५५ हजार ९६० कित्ता शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म तोकेको थियो । सोही दायराभित्र रहेर आज बिहान कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँबाट सुरु भयो । आईपीओ मूल्यको तुलनामा निकै तलको बिन्दुबाट कारोबार सुरु भएपछि शेयर बिक्री गर्ने लगानीकर्तासमेत हाबी भएको देखिएको छ ।

कारोबार सुरु भएको केही मिनेटमै घाटा सहेर लगानीकर्ताले शेयर बिक्री थालेका थिए । पहिलो चरणमै ९० कित्ता बराबरको २७ हजार ३०० रुपैयाँको शेयर बिक्री भइसकेको देखिन्छ । तीमध्ये ४० कित्ता सेयर ३०० रुपैयाँमा र बाँकी ५० कित्ता शेयर ३०६ रुपैयाँमा किनबेच भएको थियो ।

आईपीओ आएको भन्दै कम्पनीको आधारभूत अवस्था नहेरी आँखा चिम्लिएर लगानी गर्ने प्रवृत्तिको परिणाम रिलायन्स स्पिनिङ मिल्सको शेयरमा देखिएको छ । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरिएको भन्दै धेरै लगानीकर्ताले संस्थागत मूल्यांकनलाई नै भरोसा गरेर आवेदन दिएका थिए । तर सूचीकरणको पहिलो दिनमै बजारले कम्पनीको शेयर मूल्यलाई आधाभन्दा कममा सीमित गरिदिँदा ‘बुक बिल्डिङ’ प्रक्रियामाथि नै प्रश्न उठ्न थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*