बैंकास्योरेन्स व्यूँताउने तयारी लागेको भन्दै अभिकर्ताहरु रुष्ट

काठमाडौं । बर्षै पहिला नै खारेज भएको बैंकास्योरेन्स व्यूँताउने तयारी बीमा प्राधिकरण नै लागेको भन्दै अभिकर्ताहरु रुष्ट बनेका छन् । नेपाल बीमा प्राधिकरका निर्देशकले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स खुलाउन समस्या नरहेको अभिव्यक्ति दिएसँगै अभिकर्ताहरु रुष्ट बनेका हुन् ।
लामो समयको अभिकर्ताको र प्राधिकरणबीचको विवाद टुङ्गो नलाग्दै उनले सार्वजनिक कार्यक्रममा यस्तो बताएका थिए । उनको यस अभिव्यक्तिको कारण अभिकर्ताहरु रुष्ट बनेसँगै बैंकास्योरेन्सको बिषयमा प्राधिकरणका उच्च पदाधिकारीहरुलाई जवाफ मागिसकेका छन् ।
यसअघि बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले केही समयअघि मात्रै सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स पुन संचालनमा ल्याउन आवश्यक रहेको बताएका थिए । यस बिषयमा अभिकर्ताहरुले विरोध गरेपछि अध्यक्ष सिलवालले सार्वजनिक कार्यक्रममा यस्ता अभिव्यक्ति दिन छोडेका थिए । सो पश्चात् प्राधिकरणका निर्देशकले दिएको यो अभिव्यक्तिले अभिकर्ताहरु रुष्ट बनेका छन् ।
उनले उक्त कार्यक्रममा बैंकले अपनाउनुपर्ने मापदण्ड तयार गरेर बैंकास्सोरेन्स खुलाउन पर्नेमा जोड दिएको बिषयमा अभिकर्ताहरुले आक्रेश व्यक्त गरेका छन् ।
चरम विकृतिपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत बन्द गरिएको बैकास्योरेन्स पुनः सञ्चालन गर्नुपर्ने भन्दै यतिबेला बीमा प्राधिकरणले हेरेको बिषयलाई अभिकर्ताहरुले गम्भीर रुपमा लिएको छ ।
बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने बीमा जीवन बीमक संघले बताउँदै आएको छ । बैंकमार्फत व्यवसाय गर्न सके जीवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुने उनीहरुको विश्वास छ ।यद्यपि बैंकास्योरेन्सको विकृतिका कैयौं मुद्दाहरु अझै बीमा प्राधिकरणमा बाँकी नै छ ।
बीमा अभिकर्ताको रोजीरोटी खोसिने अवस्था सिर्जना भएसँगै कम्पनी र प्राधिकरणसँग लामो आन्दोलन र छलफल पछि रोकिएको बैंैकास्योरेन्स पुन संचालनमा ल्याउन प्रयास भइरहेको छ ।
बैकास्योरेन्सका नाममा बैंकहरुले अप्रत्यक्ष रुपमा बीमा एजेण्टको रुपमा काम गर्दै आएको भन्दै बीमा अभिकर्ताहरु रुष्ट भएको कारण बन्द गराएको थियो । यो बिषय पुनः सुचारु गर्ने बिषयले बीमा अभिकर्ताहरु झस्किएका छन् । यसअघि नेपाल जीवन बीमक संघले औपचारिक रुपमा निर्णय गरेरै बैंकास्योरेन्स खोल्नुपर्ने माग राष्ट्र बैंक समक्ष गरेको थियो ।
बीमा अभिकर्ताहरूले आफूहरूको रोजगारी गुम्ने गरेर कुनै किसिमका योजना नल्याउन पनि चेतावनी दिएका छन् । आफूहरूले जनतालाई बीमा के हो ? भनेर बुझाएर ठिक्क पारेको व्यवसाय बैंकले खोस्दा सैह्य नहुने अभिकर्ताहरूको भनाई छ ।
विगतमा बैंकास्योरेन्समा समस्या देखिएको स्वयम् बीमा कम्पनीहरूले पनि स्वीकार गरेका छन् । तर बैंकास्योरेन्सको समस्या हुँदै हुँदै पनि व्यवसाय गर्न नसकेका सिईओहरुका कारण खोल्न पहल भइरहेको छ।बैकास्योरेन्स अन्तर्राष्ट्रिय बीमा बजारमा सञ्चालनमा छ । तर नेपालमा यसको थालनी भएसँगै देशैभरि विकृति र थुप्रै समस्या पनि देखा परेकाले बन्द गरिएको थियो ।
पेशागत अभिकर्ता संघका पूर्व अध्यक्ष नन्द प्रसाद तिवारीले बैकास्योरेन्स अभिकर्ताको हकहितमा नरहेको बताउँछन् । उनले पहिले नै यसलाई बन्द गरिसकेकाले फेरि यो सञ्चालनमा आउने बिषयलाई शंकास्पद रुपमा हेरीएको बुझिएको छ।
एक बीमा कम्पनीका सिईओले बैंकास्योरेन्स जरुरी रहेको र त्यसका लागि एउटा मापदण्ड भने तयार गर्न आवश्यक रहेको बताउँछन् । अभिकर्तालाई मार नपर्ने गरी ल्याउँदा कम्पनीलाई पनि फाइदा नै पुग्ने बताँउछन् । उनले भने, केही निश्चित मापदण्ड भने बनाउनुपर्छ । बैंकास्योरेन्समा बैंकले के गर्ने ? र बीमा कम्पनीले के गर्ने ? भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । कस्तो प्रोडक्ट बेच्न पाइने र कस्तो प्रोडक्ट बेच्न नपाइने ? बिषय सपष्ट राखेर बैंकास्योरेन्स आउन आवश्यक रहेको बताँउछन् ।
बैंकास्योरेन्स जीवन तथा निर्जीवन बीमा कम्पनी दुवैले गर्दै आएका थिए । बैंकास्योरेन्सबाट बीमा गर्नेको पोलिसि ‘ल्याप्स’ बढेकाले यसमा कम्पनी पनि केही हच्किएका थिए । तर व्यसायलाई निरन्तर बनाउने वातावरण सिर्जना गर्दै बैंकास्योरेन्स सञ्चालन गर्नुपर्ने पक्षमा बीमा कम्पनीहरू देखिन्छन् ।
ऐनमा के छ ?
बीमा ऐनले बीमा कम्पनीको योजना बिक्री वितरणका लागी बीमा अभिकर्ताको व्यवस्था गरेको छ । योग्यता पुगेको व्यक्ति वा कुनै पनि संस्थाले बीमा अभिकर्ताको लाईसेन्स लिन सक्ने बीमा नियमावलीमा व्यवस्था गरिएको छ ।
एसएलसी उर्तिण गरी समिति वा समितिले अधिकार प्राप्त गरेको कम्पनीबाट अभिकर्ताको तालिम लिएको व्यक्तिले लाईसेन्सका लागी प्राधिकरणमा निवेदन दिन सक्नेछ । त्यसैगरी संस्थागत अभिकर्ताको हकमा भने संस्थाको एकजना सञ्चालकले कम्तिमा एसएलसी उर्तिण गरी त्यस्तो तालिममा सहभागी भएको हुनुपर्नेछ ।












