पुँजी बजार राताम्यः हाइड्रोपावरको शेयरमा भारी गिरावट, जोखिममा लगानी!

४ फाल्गुन २०८२, सोमबार १५:०५

काठमाडौँ । चार दिनको लगातार राताम्यको पछि गत बिहिबार शेयर बजारमा सामान्य सुधार देखिएको थियो, तर उक्त सुधार टिक्न नपाई बजार फेरी राताम्य यात्रा तर्फ फर्किएको छ । सोमबार बजार घट्दा लगानीकर्तामा निराशा बढेको छ। धेरै लगानीकर्ताले बजार बढ्ने अपेक्षामा शेयरमा लगानी गरे पनि अपेक्षित प्रतिफल नपाएको कारण बिक्रीतर्फ ध्यान दिन थालेका छन् । यसले बजारमा आपूर्ति बढाउँदै गर्दा माग कमजोर रहेको देखिएको छ ।

विश्लेषकहरूको भनाइ अनुसार लगानीकर्ताको डर र सतर्कताले बजारमा अस्थिरता बढाएको छ। छोटो अवधिमा बजारलाई सन्तुलनमा ल्याउन चुनौती रहेको बताइएको छ। लगानीकर्ताहरू अहिले पर्ख र हेर को स्थितिमा रहेका छन्, जसले बजारमा तरलता सीमित हुने सम्भावना बढाएको छ।

देश फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन लागेकाले लगानीकर्ताहरू आगामी नीतिगत स्पष्टताका लागि प्रतीक्षारत छन्। चुनावपछि नयाँ नेतृत्व सेयर बजारको नीति कस्तो बनाउने हो भन्ने अझै स्पष्ट नभएको हुँदा लगानीकर्तामा सतर्कता कायम छ ।

तर, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत र पुँजी बजारप्रति उदार नीति अपनाउने प्रयास गरिरहेका छन्। विश्लेषकहरूको अनुमान अनुसार निकट भविष्यमा यी पहलले बजारमा क्रमशः स्थायित्व र सुधार ल्याउने सम्भावना रहेको छ, तर अहिलेसम्म अपेक्षित असर देखिएको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१६ अकंले घटेर २६६२.९१ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । विकास बैंकको ०.४६ प्रतिशत, वाणिज्य बैंकको ०.१२ प्रतिशत, हाइड्रोपावर समूहको १.०२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*