ग्लोबल आईएमई बैंकभित्र करोडौं भ्रष्टाचार, राष्ट्र बैंकले सिईओलाई बोलाएर सोध्यो स्पष्टिकरण

४ फाल्गुन २०८२, सोमबार १६:२४

काठमाडौं । सर्वसाधारणको खर्बौ रुपैयाँ निक्षेप रहेको ग्लोबल आईएमई बैंकभित्र करोडौं रुपैयाँ नियम विपरित खर्च गरेर चरम भ्रष्टाचार भइरहेको तथ्य फेला परेको छ । सार्वजनिक कम्पनीमा कार्यरत कर्मचारीको नाममा फर्जी कम्पनी खडा गरी सञ्चालक तथा सिईओ समेतको संलग्नतामा भ्रष्टाचार भएको उजुरी पछि नियामक नेपाल राष्ट्र बैंक सिईओ सुरेद्रराज रेग्मी समेतलाई बोलाएर स्पष्टिकरण सोधेको पाइएको छ ।

बैंकभित्र कार्यरत कर्मचारीहरुको शेयरमा सञ्चालित कम्पनीहरुलाई करोडौं रुपैयाँ भुक्तानी दिएको पाइएपछि केन्द्रीय बैंकले समेत चासो राखेको बुझिएको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावल समेत ग्लोबल आईएमई बैंकभित्रको भ्रष्टाचार काण्डबारे जानकार रहेपनि कारवाही भने गरिसकेका छैनन् । यद्यपि नियामकीय कदम उठाउँदै लिखित स्पष्टिकरण सोधिएको बुझिएको छ ।

बैंकका सिईओ तथा कर्मचारीहरुले बैंकभित्रैका कर्मचारीहरुको नाममा फर्जी कम्पनी खडा गरी सेवा तथा वस्तु् आपूर्तिको सम्झौता गरेको बिल भर्पाई बनाएर लाखौं रुपैयाँ भुक्तानी दिएको तथ्य बाहिर सार्वजनिक हुँदा समेत नेपाल राष्ट्र बैंक मौन रहँदै आएको पाइएको छ । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु ठूला बैंकलाई कारवाही गर्न डराउने गर्दछन् ।

नेपालको ठूलो व्यापारिक घरानाले सञ्चालन गरेको ग्लोबल आईएमई बैंकमा सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी रहेको छ । बैंकभित्रै कार्यरत कर्मचारीको नाममा रकम निकालेर सिईओ तथा अन्य पदाधिकारीहरु र सञ्चालकहरुले दुरुपयोग गरेको आशंका गरिएको छ । सो सम्बन्धमा जिज्ञाशा राख्न बैंकका सिईओ सुरेन्द्रराज रेग्मी सम्पर्क गर्दा कुनै जवाफ दिन चाहेनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*