जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन्। यसबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले लुटपाटमा संलग्न राजवंशीलाई नियन्त्रणमा लिइएको बताए।
प्रहरीका अनुसार स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार तथा लागुऔषध लुकाइ–छिपाइ राखिएको विशेष सूचनाका आधारमा आइतबार छापा मारिएको थियो। छापाका क्रममा तुलबहादुरका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको ९ एमएमको एक थान पेस्तोल र ४० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।












