सामुदायिक लघुवित्तको लकइन अवधि सकिंदै

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४ हजार ५०० कित्ता शेयरको लकइन अवधि चैत ४ गते सकिंदैछ। त्यस दिन संस्थापकतर्फको २ लाख ३ हजार कित्ता र कर्मचारीतर्फको १ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।
साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो। साविक विपिडब्लु लघुवित्तले २०७९ फागुन १८ देखि २३ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरी चैत ३ गते बाँडफाँड गरेको थियो।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फको शेयर लकइनमा राख्न निर्देशन भए बमोजिम उक्त शेयर हालसम्म लकइनमा रहेका छन्। लकइन अवधि सकिएपछि सो शेयर किनबेच गर्न पाइनेछ। तर कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा व्यवस्थापन तहका कर्मचारीहरूले भने अवकाश पाएको मितिले १ वर्षसम्म शेयर खरीद बिक्री गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।












