यसरी हेर्नुहोस् सूर्यकुण्ड हाइड्रोको आईपीओ नतिजा

५ फाल्गुन २०८२, मंगलवार ०९:५७

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। यस कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

मागभन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ५७ हजार २४३ जनाले मात्र आईपीओ हात पारेका छन्। यी मध्ये १ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।

आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जानकारी दिएको छ। अनलाइनमा सार्वजनिक भएपछि यी माध्यमबाट नतिजा हेर्न सकिनेछ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ५७ हजार २४३ जनाले हात पारे शेयर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*