बैंकास्योरेन्स सुचारु गर्न प्राधिकरणलाई राष्ट्र बैंकसँग पहल नगरिदिन अभिकर्ता संघको आग्रह

५ फाल्गुन २०८२, मंगलवार १४:३४

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले संस्थागत बीमा अभिकर्ता (बैंकास्योरेन्स) कार्य सुचारु गर्न बीमा प्राधिकरणलाई राष्ट्र बैंकसँग पहल नगरिदिन आग्रह गरेको छ ।

बिगतमा नै संस्थागत बीमा अभिकर्ता (बैंकाइन्स्योरेन्स)को कारण बीमा क्षेत्रमा भएका कमी कमजोरी दोहराउन नदिन संघले प्राधिकरणलाई आग्रह गरेको हो ।

बिगतमा केही समय सञ्चालन भइ यस संघको विरोध प्रकृयागत त्रुटी तथा आम उपभोक्ताको गुनासोका कारण बन्द रहेको संस्थागत बीमा अभिकर्ता पुन सुचारु हुन सकेन भनने तहाँ प्राधिकरणका कर्मचारीको सार्वजनिक अभिव्यक्तिबाट सुनिन आएको सन्दर्भमा एक पटक पूर्ण असफल भइ यस संघ तथा आम बैंक उपभोक्ताको लिखित उजुरीका कारण नेपाल राष्ट्र बैंक बाट रोकिएको उक्त कार्य सुचारु गराउन बीमा प्राधिकरणले पहल नगरिदिन संघले आग्रह गरेको छ।

बीमा अभिकर्ताको विरोधका बाबजुत पनि सुचारु भएमा यस संघ विरोधका कार्यक्रम राख्न बाध्य हुने संघले जनाएको छ।
देशैभरिका करिब पाँच लाख अभिकर्ताको रोजी रोटी खोस्ने र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित गएर बैंकास्योरेन्स खुल्ला गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने संघको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*