मंगलबार यी १० कम्पनीको शेयर भयो सर्वाधिक किनबेच, कुनको कति ?
५ फाल्गुन २०८२, मंगलवार १५:१८

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बिक्रेताहरु हाबि हुँदा बजार पछिल्लो केहि दिन यता निरन्तर घटी रहेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ ।
यसदिन ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो । शेयर लगानीकर्ता थोरे नाफा हुने वित्तीयकै बुक तिर हाबि हुन लागेको देखिन्छ ।
आज रिडि पावरको ५३ करोड ३६ लाख, आखुखोला जलविद्युतको ४४ करोड ५२ लाख, न्यादी ग्रुप पावरको ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













