दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्ने अनुमति

५ फाल्गुन २०८२, मंगलवार १५:४८

काठमाडौँ  । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सो अनुमति दिएका हुन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर तथा अफवाह फैलाउने गतिविधि सम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ।  प्रसाईंलाई सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।

प्रसाईंले सरकारले गरेका सम्झौताहरू पूरा नभएमा अनिश्चित कालीन बन्द गर्ने र निर्वाचन स्थगित गर्ने जस्ता अभिव्यक्तिहरू दिएका थिए। यसअघि पनि माघ २ गते र माघ ५ गते उनी पक्राउ परेका थिए तर हाजिर जमानीमा छोडिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*