सिटिजन्स बैंकको शेयर बिक्रीमा, मूल्य कति?

६ फाल्गुन २०८२, बुधबार ०९:४२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर समेत संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

त्यसैगरी बैंकले प्रतिकित्ता न्यूनतम १३० रुपैयाँ तोकेर १८ हजार ८४४.७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*