आज सुनचाँदीकै भाउ घट्यो, अब प्रतितोला कति?
६ फाल्गुन २०८२, बुधबार १०:५५

काठमाडौं । नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले सस्तिएको छ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ४०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो।












